
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । वैदेशिक रोजगारमा ठगी गर्ने एक जना युवक युएईबाट पक्राउ परेका छन । दुबईतिर आकर्षक तलबमा काम लगाई दिने भन्दै ८३ जनाबाट दुई करोड त्रिसट्ठी लाख चौवन्न हजार छ सय दस रुपियाँ ठगी गर्ने ४१ वर्षीय कोमल राज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।
युएई मा लुकेर बसिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।
श्रीराम रानाभाट समेत ८३ जना व्यक्तिहरूले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी सञ्चालन गरी उपाध्यायले उक्त व्यक्तिहरूबाट ठगी गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij