काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्ने निगमले जनाएको छ ।