काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
अर्थमन्त्री महतले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै पौडेललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् । पौडेल यस अघि भन्सार विभागका महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
उनी नेप्सेको अध्यक्षमा नियुक्त भइसके पनि अध्यक्षका रूपमा पदभार ग्रहण भने गरिसकेका छैनन् ।