
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । ६७ वर्षीय बलिउड अभिनेता जुनियर महमुदको निधन भएको छ । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । उनको मृत्युको पुष्टि उनका परिवार नजिक सलाम काजीले गरेका छन् ।
जुनियर महमुदको फिल्म नाम यो थियो । उनको बास्तिबिक नाम भने नईम सैयदको हो । उनले ‘हात्ती मेरो साथी’, ‘कारवां’ र ‘मेरो नाम जोकर’ जस्ता धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् ।
पछिल्ला २ महिनादेखि उनको अवस्था नाजुक हुँदै गएको थियो । मेडिकल रिपोर्टका अनुसार उनको कलेजो र फोक्सोमा पनि क्यान्सर फैलिएको थियो । पेटको आन्द्रामा ट्युमर पनि बनेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij