
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । शंखरापुर नगरपालिका–९ खुलालटारमा पैदलयात्रीलाई ठक्कर दिएको घटनामा संलग्न कार र कारका चालकलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको छ । मंसिर १८ गते खुलालटारस्थित सडकखण्डमा नम्बर प्लेट नखुलेको कारले पैदलयात्रीलाई ठक्कर दिइ फरार भएको थियो ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ ताप्के डाँडा घर भइ खुलालटार बस्दै आएका अन्दाजी ४० वर्षीय रेतबहादुर तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङको उपचारका लागि वीर अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले चाबहिलबाट बागमती प्रदेश–०१–०२६ च ६४०८ नम्बरको कार र त्यसका चालक शंखरापुर–६ सुनटोलका ४५ वर्षीय जयनारायण श्रेष्ठलाई पक्राउ गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij