
Apr 19 2025 | २०८२, वैशाख ६ गते
पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । उनले मानवताविरुद्धको अपराधमा २५ वर्षे जेल सजाय भोगिरहेका थिए । मंगलबार संवैधानिक अदालतले ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् । लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट फुजिमोरी साँझ ६ः३० बजे बाहिर निस्किएका हुन् ।
रिहाइपछि उनलाई परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए । केही समयअघि सामाजिक सञ्जालमार्फत नेसनल पेनिटेन्सियरी इन्स्टिच्युटले उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij