
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । उदय सुब्बा निर्देशित फिल्म 'दुई कदम' को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।
फिल्मका कलाकारहरुमा इओन लिम्बु, सिमोन गिरी, गौरव पहारी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मालगायतका रहेका छन् ।
फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ । मंसिर २९ गतेदेखि यो फिल्म प्रदर्शन हुने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij