
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । देशमा धूमपान गर्नेहरूको सङ्ख्या घटाउने लक्ष्यले फ्रान्स सरकारले धूमपान विरोधी नयाँ योजना ल्याएको छ ।योजनाअनुसार धूमपान नगर्ने क्षेत्र थप हुनेछन् । फ्रान्सेली स्वास्थ्यमन्त्री ओरेलियन रुसोले सरकारले २०२४ को पहिलो त्रैमासिकमा विभिन्न योजना बढाउने बताउनुभयो ।
धूमपान गर्नेलाई कति जरिवाना लाग्ने हो भन्ने अझै खुलाइएको छैन । विशेष गरी युवाहरूलाई धूमपान गर्नबाट रोक्न र धूमपान गर्नेहरूलाई धूमपान छोड्न मद्दत गर्ने लक्ष्य राखेर यो योजना ल्याइएको हो । धूमपान नगर्ने क्षेत्र समुद्र तट, पार्क, बगैंचा, वन र विद्यालय वरपर छ ।
फ्रान्समा धूमपानका कारण प्रतिवर्ष ७५ हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । प्रतिदिन लगभग दुई सयको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij