
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । जेरुसेलममा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । जेरुसेलमस्थित एक बस स्टपमा गोली चल्दा २४ वर्षीया महिलाको मृत्यु भएको अलजजिराले जनाएको हो । सो घटनामा कुल ८ मानिस घाइते भएका छन् ।
इजरायली पुलिसले घटनास्थलमा २ आक्रमणकारीलाई मारेका छन् । आक्रमणकारीहरुले बस स्टपमा भएका मानिसमाथि गोली प्रहार गरेका थिए । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij