
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । दक्षिण पोल्याण्डमा कोइला खानी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दक्षिण पोल्याण्डको सिलेसिया प्रान्तमा भएको कोइला खानी दुर्घटनामा परी चार जनाको मृत्यु भएको राज्य खानी प्राधिकरण (डब्ल्युयुजि) ले जनाएको छ । दुर्घटना दिउँसो ३ः३० बजे भएको हो ।
पाइपलाइनमा पानी भर्ने क्रममा अनियन्त्रित भत्किँदा घटनास्थलमा नै तीन जनाको मृत्यु भएको थियो । उपचारका क्रममा अर्का एक व्यक्तिको मृत्यु भएको हो । खानीको स्वामित्वमा रहेको टोरोन वाइडोबिसी कम्पनीले चार कामदारको मृत्यु भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरी राति ८ः३५ बजे उद्धार कार्य सम्पन्न भएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij