Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरको निधन

अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरको निधन

  • काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा निधन भएको रोयटर्सले जनाएको छ ।

    images
    images
    images

    सन् १९७३ देखि १९७७ सम्म रिपब्लिकन पार्टीका किसिन्जर अमेरिकी विदेशमन्त्री भएका थिए । उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।

    चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच उनले भेटवार्ता गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij