
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन । ११ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ बस्ने ३३ वर्षीय विशन गुरुङलाई मंगलबार प्रहरीले पक्राउ परेका हुन ।
तत्कालीन पुनरावेदन अदालत पोखराको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जामा पठाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij