
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् । विवाह गरेको पहिलो वर्षगाँठको अवसर पारी अभिभावक हुन लागेको खुशी साट्न केक काट्दै उनकी श्रीमती करिश्मा केसीले मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेकी हुन् ।
केकमा ‘कमिङ मे २०२४’ लेखिएको छ । जसअनुसार करिश्माले आगामी मे महिनामा सन्तानलाई जन्म दिने भएकी हुन् । योसँगै सलोन र करिश्मालाई फ्यान एवं शुभचिन्तकहरुले बधाई दिइरहेका छन् । सलोन र करिश्माले अघिल्लो वर्षको मंसिरमा धुमधामसहित विवाह गरेका थिए । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij