
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैं । काठमाडौं महानगरापालिका वडा नम्वर १४ का अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य सुमन श्रेष्ठलाई मातृ शोक परेको छ । २००५ साल साउन ५ गते काठमाडौंमा जन्मनु भएकी सूर्यमाया श्रेष्ठको आइतबार राति निधन भएको हो ।
पारिवारिक स्रोतले लामो समयदेखि अल्जाइमर, फोक्सो र डेमेन्सिया रोगबाट ग्रसित श्रेष्ठको उपचारको क्रममा निधन भएको जानकारी दिएको छ । श्रेष्ठका दुई छोरा र एक छोरी छन् । श्रेष्ठको आइतबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij