Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सुन पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ

सुन पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ

  • काठमाडौं । पोखरामा एक सुन पसलको ताला काट्दै गर्दा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् । पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा शनिबार राति ती बालक पक्राउ परेका थिए ।

    images
    images
    images

    सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जानकारी दिए । उनलाई चोरी उद्योग मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij