
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । पोखराबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खाजा घरका सञ्चालक पर्वत कुश्मा नगरपालिका-१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्कीसहित आठ जना हुन् । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ५ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास पनि बरामद गरेको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij