
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । पूर्व पश्चिम महेन्द्र राजमार्गको पथ्थर खाेला नजिक ट्रक र कार ठोक्किँदा एक चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जिल्ला रुपन्देही सिद्धार्थ नगर ८ बस्ने ५९ वर्षीय हरिश्चन्द्र मान श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा कारमा सवार जिल्ला सर्लाही चन्द्रनगर गाउँ पालिका ८ निवासी २८ वर्षका सरोज शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद पाैडेलले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij