
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भूकम्पपीडितलाई राहत सामाग्री वितरण गरेको छ ।
गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्याएको हुँदा उक्त विपद्को समयमा केही राहत होस् भन्ने मनसायले रिइन्स्योरेन्स ३५ लाख बराबरको १,८७८ त्रिपालहरु र २,००० कम्बलहरू सहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हाे ।
भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको र पुन निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij