
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काठमाडौंको थालाथली सडक पेटीमा ह्वीलचेयरमा एक युवक मृत भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा रौतहट चन्द्रपुर नगरपालिका २ वेताउना घर भई हाल काठमाडौं थापाथली बस्ने ३५ वर्षीय नारायण राम मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij