Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे

देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे

  • काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित हुनुभएको छ । 

    images
    images
    images

    सहकारीको १२आँै साधारणसभाले उहाँलाई चार वर्षका लागि सो पदमा पुनःचयन गरेको हो । सो नगरपालिकाको सबैभन्दा धेरै वचतकर्ता आबद्ध रहेका सो सहकारीको नयाँ कार्यसमितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा क्रमशः बेलीमैया घले, राम तामाङ, राजु कार्की निर्वाचित हुनुभएको छ । 

    images

    यसैगरी सञ्चालकमा तीर्थ लामा, लक्ष्मण बलामी, नानु पण्डित ९थापा०, लेखा संयोजकमा विमलविक्रम बानियाँ र सदस्यद्वमा वसन्त महर्जन र माधव रेग्मी चयन हुनुभएको छ । आर्थिक वर्ष २०६५÷०६६ देखि कारोवार शुरुआत गरेको सो सहकारीमा करीब दुई हजार ९०० शेयर सदस्य आबद्ध छन् । 

    सहकारीले आफ्ना शेयर धनीको आर्थिक क्षमता उकास्न नवीनतम कार्य गरिरहेको जनाएको छ भने आफ्नो सामाजिक दायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिइरहेको बताइएको छ । कर्जा तथा सापट योजनाअन्तर्गत सहकारीले देवदर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, गरिबी निवारण, लघु, आवधिक रसिद धितो कर्जा तथा सापट योजनालगायत सञ्चालन गरिरहेको छ । साथै निक्षेप र आवधिक निक्षेपमा सहकारीले वार्षिक व्याजदर निर्धारणसमेत गरेको छ ।   

    रु ८० करोड ५७ लाख ७९ हजार ७४३ कूल सम्पत्ति रहेको सो सहकारीले कोरोना चन्द्रागिरि नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख एक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार लकडाउनको अवधिमा सहकारीले चन्द्रागिरि नगर क्षेत्रका विपन्न व्यक्तिलाई राहत तथा खाद्यान्न  वितरण गरेको थियो । उहाँले आगामी दिनमा आर्थिक पारदर्शिताका साथ सहकारीलाई नयाँ उचाइमा पु¥याउने दृढता व्यक्त गर्नुभयो । 

    images

    उहाँले भन्नुभयो, “कारोनाबाट आक्रान्त आर्थिक गतिविधिलाई चलायमान बनाइ शेयर सदस्यका हित तथा समाजिक काम मेरो प्राथमिकतामा रहन्छ ।” सहकारीले काठमाडौँ उपत्यकामा रगतको अभाव हुन नदिन समयसमयमा रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, नगरस्तरीय ब्याडमिन्टन, फुटबललगायत विभिन्न खेलकूद प्रतियोगिता, नगरपालिकासँगको सहकार्यमा  स्वास्थ्य तथा शिक्षासँग सम्बन्धित जनचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ । 

    यसैगरी आफ्ना सदस्यलाई ‘सदस्य हित कोष’मार्फत सुत्केरी भत्ता, दुर्घटना बीमाको सहयोग गरिरहेको संस्थाका उपाध्यक्ष घलेले जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिकाको सहकारी विभागका प्रमुख रजश खड्काले सहकारीको साधारणसभाको शुभारम्भ गर्दै सहकारीको भावनाअनुसार देवदर्शन सहकारीले अगामी दिनमा अझै काम गर्न सुझाव दिँदै सहकारीले नै विपन्न समुदायको आर्थिक उन्नयमा सहयोग पु¥याउने बताउनुभयो । 

    उहाँले नगरपालिकाले सहकारीको विकास र प्रवद्र्धन गर्न प्राथमिकता दिइरहेको जानकारी दिनुभयो । सहकारीका ज्येष्ठ सदस्य बच्चुराम घिमिरेले ज्येष्ठ सदस्यका लागि मासिक ब्याज भुक्तानी हुनेगरी  पेन्सन बचत योजना सञ्चालनमा ल्याई नमूना काम गरिरहेकामा खुशी व्यक्त गर्नुभयो ।   

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेफ्स्कुन०का कोषाध्यक्ष एवं काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ९कास्कुन०का अध्यक्ष दीपक पनेरूले सहकारी सिद्धान्त र भावनाअनुसार सहकारी संस्थाले काम गर्नुपर्छ भन्नुभयो । 

    सो कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरे, उपाध्यक्ष घले र प्रबन्ध निर्देशक प्रविण सिलवालले संस्थाको गतिविधिबारेमा अवगत गराउनुभएको थियो । सोही साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदनसमेत पारित गरेको थियो । 

    अधिवक्ता एवं संस्थाका कानूनी सल्लाहकार सीताराम राउतको संयोजकमा श्रीकृष्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक बलराम कार्की र सञ्चारकर्मी रोशन दानी रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij