
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा भारत बिहारको मोतीहारी जिल्लाका २७ वर्षीय भुलावन पटेललाई खैरो हिरोइनजस्तो देखिने पदार्थ ४९.५२० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, रजतजयन्ती चोकबाटै बाराको कलैया उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ का सन्तोष महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट सेतो प्लाष्टिकको झोलामा लागुऔषध नाइट्राभेट–३ डिब्बामा ९०० ट्याब्लेट बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको थापाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij