Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

रिगलको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला हुँदै

रिगलको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला हुँदै

  • काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध आज फैसला सुनाउने भएको छ । बुधबार रिटमा सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो । मुद्दाको सुनवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भएको थियो ।

    images
    images
    images

    सर्वोच्च प्रशासनले सुनुवाइ सकिएकाले आज फैसला आउने जनाएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद बैठकको सिफारिसमा हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार ढकाल कारागारबाट मुक्त भएका थिए ।

    तर  सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले गत १७ असोजदेखि माइतीघरमा अनशन सुरु गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् । उनले ११ कात्तिकदेखि फेरि रिले अनसन जारी राखेकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij