
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज दिउँसो बस्दैछ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि गुटेरेसले सोमबार सभामुख देवराज घिमिरेले संसद भवनको निरीक्षण गरेका थिए । आज पोखराबाट गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । आजै उनी लुम्बिनी पुगेर काठमाडौं फर्कने कार्यक्रम छ । त्यसपछि गुटेरेसले संसदमा सम्बोधन गर्नेछन् ।
आज पौने ४ बजेभित्र सांसदहरूलाई औपचारिक पोशाकमा संसदमा उपस्थित हुन भनिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा गुटेरेस आइतबार काठमाडौं आइपुगेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij