Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

काठमाडौँमा भारतीय नागरिकलाई लुटपाट

काठमाडौँमा भारतीय नागरिकलाई लुटपाट

  • काठमाडौँ । काठमाडौँको माछापोखरी स्थित ‘रोयल लाउन्ज एण्ड बार’मा दुई जना भारतीय नागरिकलाई लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित किङ्स अकबरे ममः रेष्टुरेन्टका सञ्चालक नुवाकोट घर भएका २७ वर्षीय उमेश लामा सहित ३ जना छन् ।

    images
    images
    images

    आरोपितहरूले काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटेलबाट भारतीय नागरिकलाई ‘सस्तोमा ग्रिन टी मिलाइदिन्छौ’ भनेर ट्याक्सीमा राखेर माछापोखरीमा लगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारतीय नागरिकहरू ९ कात्तिकबाट वाल्डो होटेलमा बस्दै आएका थिए ।

    ६ जनाको समूहले ट्याक्सीमा राखेर माछापोखरीमा लगेपछि कुटपिट गरेर  ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ ट्रान्सफर गर्न लगाएको पीडितको आरोप छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij