Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

फुटबल खेलाडीलाई जनही ५१ हजार दिने एन्फाको घोषणा

फुटबल खेलाडीलाई जनही ५१ हजार दिने एन्फाको घोषणा

  • काठमाडौं । अखिल नेपाल फुटबल संघले विश्वकपको एसिया क्षेत्र छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टोलीका सदस्यलाई जनही ५१ हजार रुपैयाँ दिने भएको छ ।

    images
    images
    images

    एन्फा महासचिव किरण राईले खेलाडीहरुलाई बिहिबार नै रकम प्रदान गरिने जानकारी दिए । ३० असोजमा लाओससँग खेलेर बुधबार राति नेपाली टिम स्वदेश फर्किएको थियो ।

    त्यस क्रममा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले खेलाडीलाई स्वागत गर्दै खेलाडीलाई पुरस्कार घोषणा गरेका हुन् । नेपाली टिम पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गरेको नेपालले दोस्रो चरणमा प्रवेश गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij