
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन नयाँ निर्देशिका जारी गरेको छ । कर्मचारीलाई इन्धन सुविधा दिन आज अर्थमन्त्रालयले निर्देशिका जारी गरेको हो ।
निर्देशिकाअनुसार सरकारका विशिष्ट श्रेणिका कर्मचारी मासिक १२५ लिटर इन्धन पाउनेछन् । प्रथम श्रेणिका कर्मचारिले मासिक १०० लिटर इन्धन पाउने ब्यबस्था गरिएको छ । यसबाहेको यी कर्मचारीले तीन महिनामा मोबिल/ब्रेक लगायतको सुबिधाको व्यवस्था गरिएको छ ।
इन्धनको सुविधा मासिकरुपमा र मोबिल र ब्रेकको रकम त्रैमासिकरुपमा दिने सो निर्देशिकामा उल्लेख गरिएको छ । यसबाहेक विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा दिने व्यवस्था छ । उनीहरूलाई इन्धनको आधा सुविधा दिइने व्यवस्था छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij