
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । काठमाडौंबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन् । टोखा नगरपालिका वडा नम्बर ६स्थित न्यू खुकुरी फुड फ्याफेबाट सालकको खपेटासहित मंगलबार दिउँसो एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा टोखा ग्रिनल्यान्ड बस्ने झापाकी ३१ वर्षीया सुष्मा गुरूङ रहेकी छन् ।
९३० ग्रामको खपेटासहित उनलाई प्रहरीले पक्राउ गरेको हो । सालकको खपेटा बिक्री भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी वृत्त महाराजगञ्जको टोलीले गुरूङलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान वृत्तले गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij