
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एक महिला पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले मृत्यु हुनेमा पैदल यात्री दोलखा कालिन्चोकका ५१ वर्षीया देविमाया थामी रहेको जनाएको छ ।
बिर्तामोड नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदल यात्री थामीलाई ठक्कर दिएको थियो ।
उपचारको क्रममा घाइते थामीको बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । यता घटनामा संलग्न ट्रक र चालक सुनसरी गढी गाउँपालिका-४ का ३९ वर्षीय रमेश चौधरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij