
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
सरुवा भएर आउनुपर्ने सबै न्यायाधीश नआइपुगेका कारण मुद्दा स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा विचाराधीन छ । गत फागुनमै सर्वोच्चले फास्ट ट्रयाकमा मुद्दा टुंग्याउन आदेश दिए पनि अहिलेसम्म फैसला हुन सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij