
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकिइ फरार रहेका एकजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहु भानु नगरपालिका- १२ घर भइ हाल काठमाडौंको किर्तिपुर बस्ने ३२ वर्षीय राजु थापा रहेका छन् ।
उच्च अदालत पाटन ललितपुरले बैकिङ कसुर मुद्दामा थापालाई गत असार ३ गते दुई दिन कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
पक्राउ गरेका थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij