
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । भन्सार छलेर नेपाल भित्र्याइएको करिब तीन लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ । धनुषा जिल्ला अन्तर्गत बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको विभिन्न किसिमको बच्चाले खेल्ने खेलौनाहरू, किराना सामानहरू, लेडिज चप्पलहरू र ओसारपसारमा संलग्न मो .सा. ३ वटा गरी ३,४४,१७९ बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी ईनर्वा र प्रहरी चौकी माचि धनुषाबाट खटिएको टोलीले आइतबार गस्ती गर्दै जाने क्रममा सामानहरू बरामद गरेका हुन् । आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij