
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काठमाडौंको सरस्वतीनगरबाट एकजना वृद्ध बेपत्ता भएका छन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाका हिरा लामा शुक्रबारदेखि बेपत्ता भएका हुन् ।
करिब पाँच फिट ६ इन्च उचाइ भएका ८६ वर्षीय लामालाई परिवारले व्यापक खोजी गर्दा पनि फेला पार्न सकेका छ्रैनन् । गोल्डेन रंगको दौरासुरुवाल लगाएर रातो झोला बोकेको अवस्थामा बेपत्ता भएका लामालाई कसैले देखेमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।
कतै कसैले देखेमा ९८६६६६२४८८ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन पनि लामाको परिवारले आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij