
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएको इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ । आगो निभाउन स्थानीय बासिन्दा, सुरक्षा सशस्त्र बललगायत खटिका थिए । आगलागीको कारण भने अझै पनि पुष्टि हुन सकेको छैन ।
चार तलासम्म फैलिएको आगोले प्रहरी परिसरको मुख्य पर्खाल पूर्णरूपमा ध्वस्त भएको छ । आगो नियन्त्रणमा नआएसम्म भवन पूर्णरूपमा खाली गर्न सबै कामदारलाई निर्देशन दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij