
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । काम बन्द गरेर अस्पताल अगाडिको सडकमा उनीहरुले धर्ना दिएका छन् ।
अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले आइतबार दिउँसो साढे १२ बजेतिर मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको जानकारी दिए । उक्त घटनामा संलग्नको आरोपमा रुपक गौतम सरोज गौतमलाई प्रहरीले पक्राउ गरेको छ । डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij