
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । सेयर बजारमा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार आइतबारदेखि हुने भएको छ । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको कारोबार हुने भएको हो । नेप्सेमा कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो ।
पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेन्ज १ सय ७२ रुपैयाँ ४३ पैसादेखि ५ सय १७ रुपैयाँ २९ पैसासम्म दिइएको छ । प्रतिकित्ता २ सय ४४ रुपैयाँ प्रिमियम मूल्यमा आईपीओ कम्पनीले जारी गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij