Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

चिकित्सकहरूको आज पनि विरोध प्रदर्शन

चिकित्सकहरूको आज पनि विरोध प्रदर्शन

  • काठमाडौँ । चिकित्सकहरूले बुधबार पनि माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै सो प्रदर्शन गरिएको हो । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका हुन् ।

    images
    images
    images

    पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । उनीहरूले यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने बताए । 

    रेसिडेन्ट डाक्टरहरूले चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने अडान लिएका छन् । आवासीय चिकित्सकहरू फ्रन्टलाइनमा धेरै समय खटिने हुँदा बढी आक्रमणमा उनीहरू नै पर्ने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij