Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर

सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर

  • काठमाडौँ । फिल्म ‘प्रकाशलाई राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा गरेर जुरीले पठाए पनि चलचित्र विकास बोर्डबाट सूची हटाइएको खबर चर्चामा थियो । उच्च अदालत पाटनमा चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर फिल्मका निर्देशक दिनेश राउत तथा लेखक विकास सुवेदीले रिट दायर गरेका छन् ।

    रिटमा सक्कल प्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ । राष्ट्रपति भवनमा गत १२ भदौमा विभिन्न विधामा चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कृत गरिएको थियो । तर यसपटक सर्वश्रेष्ठ फिल्मको विधा पनि खाली थियो । ‘प्रकाश’लाई सर्वश्रेष्ठ फिल्म निर्णय गरेर पठाए पनि पछि बोर्डमा पुगेपछि हटाइएको जुरीका एक सदस्यले खुलासा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij