
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा भएको झडपमा परेर ८ जना भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गएराति स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नुअघि मलंगवा-३ स्थित सरस्वती टोलमा दुई समूहबीच झडप भएको थियो । झडपमा परेर घाइते भएका मलंगवा ७ का रुपेश यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij