Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

डडेलधुरामा युवतीमाथि सामूहिक बलात्कार

डडेलधुरामा युवतीमाथि सामूहिक बलात्कार

  • काठमाडौं । डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरि तीनै जनालाई सार्वजनिक गरिने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिएका छन् ।

    images
    images
    images

    भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई प्रहरीले पक्राउ गरेको हो भने १८ वर्षीय किशोर फरार रहेका छन् । कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ ।

    त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्तीकरणी गरेकोे उनीहरुमाथि आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन् । फरार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij