
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई राष्ट्रिय भूमि आयोगले जग्गा उपलब्ध गराउने भएको छ । यसका लागि ३५ दिनभित्र निवेदन दिन आयोगले सूचना प्रकाशन गरेको छ । सातवटै प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानका, भूमिहीन सुकुम्बासी भूमिहीन दलितर अव्यवस्थित बसोबासीलाई आयोगले निवेदन दिन आग्रह गरेको छ ।
स्थानीय तहका भूमिहीनहरूले जग्गाका लागि आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नुपर्नेछ । आयोगले स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन पेश गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij