
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । डडेल्धुरामा ३ किलो ८ सय ग्राम चरेस सहित बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरा रहेका छन् ।
शङ्काको आधारमा जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले चेकजाँच गर्दा बोहराको साथबाट उक्त परिमाणमा चरेस भेटिएको बताइएको छ । उनको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij