Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लिबियामा बाढी: मृतकको संख्या ५ हजार नाघ्यो, १० हजार बेपत्ता

लिबियामा बाढी: मृतकको संख्या ५ हजार नाघ्यो, १० हजार बेपत्ता

  • काठमाडौं । लिबियामा आएको बाढीमा ५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले लिबियाको डेर्नास्थित भूमध्यसागरीय सहरमा आइतबार राति आएको बाढीमा ५ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ ।

    images
    images
    images

    समुद्रमा आएको शक्तिशाली आँधीपछि बाँध फुटाउँदै नदीको पानी सहरमा पसेको थियो । बाढीमा परी हजारौँ मानिस बेपत्ता रहेकोमा उनीहरूको खोजी कार्य जारी छ ।

    हालसम्म बेपत्ताको आधिकारिक संख्या १० हजार रहेको लिबियास्थित अमेरिकी सहायता एजेन्सी मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालय (ओसीएचए)ले जनाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij