
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । डडेल्धुरा, भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको हगुल्टे लेकमा अटो रिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको जानकारी दिएको छ । अटोमा सवार वीरबहादुर कुँवर घाइते भएका छन् ।
उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट डोटी जाने क्रममा अटो रिक्सा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक दीपक कार्कीले अनियन्त्रित भएर अटो दुर्घटना भएकोजानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij