
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले निष्कर्ष निकालेको छ । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ ।
सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । सीआईबी प्रमुख किरण बज्राचार्यले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ५० जना प्रतिवादी बनाएको छ । गत २ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको खुलेको थियो ।
सीआईबीले त्यसमा अनुसन्धान गर्दा ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij