
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । डडेल्धुरामा पहिरोमा परी एक युवाको मृत्यु भएको छ । केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा खसेको पहिरोमा आएको ढुंगा लागेर अमरगढी नगरपालिका–४ का राकेश ऎरको ज्यान गएको हो ।
शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो । घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij