
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । काभ्रेको पाँचखालमा घाँस काट्ने क्रममा महिलाको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार काभ्रे पाँचखाल नगरपालिका १० ढुङ्गेटार बस्ने ५८ वर्षीय काइली तामाङको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
आफ्नै बारीमा रूखको स्याउला काट्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij