
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबार जलाइदिने भन्दै फेसबुकमा लेखेको स्टाटस हटाएका छन् ।
उनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।‘
शनिबार राति कोटेश्वरमा आफ्नी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको थियो । सामाजिक सञ्जालमा अभद्र र अराजक शैलीमा स्टाटस लेखेको भन्दै उनको चौतर्फी आलोचना भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij