Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

किसानका फार्मबाट बंगुर उठाएर ठगी गर्ने पक्राउ

किसानका फार्मबाट बंगुर उठाएर ठगी गर्ने पक्राउ

  • काठमाडौं । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा किसानका फर्मबाट बंगुर उठाएर पैसा नतिरेको आरोपमा एक जना पक्राउ परेका छन् । ​नमोबुद्ध नगरपालिका ३ काभ्रेका पेमाध्वज लामालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।

    images
    images
    images

    किसानसँग बंगुर किनेर ठगी गर्दै आएका लामालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
    ‘निजले बंगुर फार्ममा गइ बंगुर गाडीमा राखेर पठाएपछि बैंक र एटीएममा गइ पैसा दिन्छु भन्दै ठगी गर्ने र फरार हुने देखियो’ एसएसपी खत्रीले भने ।

    लामाले अन्य स्थानमा समेत ठगी गरेको हुन सक्ने प्रहरीको शंका छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij