
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । भारतले पहिलोपटक सबै प्रकारका उसिना चामलमा २० प्रतिशत कर लगाएको छ । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एन्ड कस्टमले शुक्रबारबाट लागू हुनेगरी भारतले उसिना चामलमा कर लगाएको हो ।
बजारमा पाइने बासमती, लङग्रेन र जिरा मसिनो सबै प्रकारका उसिना चामलमा भारतले गरेको यस्तो निर्णयले नेपाली बजारमा पनि असर गर्नसक्ने अनुमान गरिएको छ । नेपालमा अहिले जिरामसिनो उसिना चामको मूल्य प्रतिसकिलो ७८ र लङग्रेनमा १४७ रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
भारतको निर्णयले अब नेपाली बजारमा पनि प्रत्यक्ष असर देखिने अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij