
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रुपैयाँ, १ लाख भारतीय रुपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै काठमाडौं, टोखा नगरपालिका-१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका-७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij